थामेमा दुई वटा हिमताल फुटेर बाढी आएको पुुष्टि,  थप दुई ताल उच्च जोखिममा

काठमाडाैं | भदौ १, २०८१

थामेमा दुई वटा हिमताल फुटेर बाढी आएको पुुष्टि,  थप दुई ताल उच्च जोखिममा

काठमाडौं:    थामे गाउँमाथि रहेको दुई वटा हिमताल फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो ।


बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भन्नुभयो, ‘साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुई वटा ताल फुटेको रहेछ । अरू दुई वटा उच्च जोखिममा छन् । एउटा भने सुरक्षित छ।’ 


शुक्रबार दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । 


बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।


बाढीले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्